२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन

Author Uttari Morang
बिहिबार, माघ ०९, २०७६
तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन

करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ ।

प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार  रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे  ।

समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश सरकार र नगरपालिकाले दिएको सहित ५८ लाख ११ हजार ७ सय ६८ रकम  उठेको थियो । भवन निर्माणमा ५५ लाख ५६ हजार ७९ रुपैयाँ खर्च भएको निर्माण समिति कोषाध्यक्ष धिमालले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सडक सुरक्षामा अन्य प्रदेश भन्दा अब्बल भएको दाबी गर्दै प्रदेश नं. १ सरकारले प्रदेश प्रहरीको गठन चाडै गर्ने बताएका छन् । उनले केही राष्ट्रिय मिडियाले प्रदेश र स्थानीय सरकारलाई विकासमुखी काम नगरेको भ्रमपूर्ण समाचार छापेको गुनासो गरे ।

मन्त्री कार्कीले निर्माणमा सहयोग पुर्‍याउने सङ्घ संस्था, दातृ निकाय, व्यक्ति सबैलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै कार्कीले मोरङको दुई इलाकाहरू, इलाका प्रहरी कार्यालय बेलबारी र रंगेलीको स्तर वृद्धि गर्ने बताए  ।

कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, १ न. प्रदेश प्रहरी प्रमुख भीम बहादुर दाहाल, केराबारी गा.पा प्रमुख रोहित कार्की, बेलवारी नगर उपप्रमुख ढाका कुमारी पराजुली लगायतको उपस्थिति थियो ।

ट्राफिक कार्यालय अनुगमन समितिका संयोजक महेन्द्र सुवेदीले कार्यक्रममा स्वगत मन्तव्य राखेका थिए । भवन उद्घाटन कार्यक्रम बेलवारी ट्राफिक प्रहरी कार्यालय उपभोक्ता समितिका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता सम्पन्न भएको हो ।