२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि

Author Uttari Morang
शुक्रबार, माघ १०, २०७६
सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि

माेरङकाे सुन्दरहरैंचामा आयोजित तीन दिने शुरु भएको खाद्य मेला २०७६ शुरु भएको छ ।

इन्द्रपुर जेसिज तथा मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा भएको खाद्य मेलाकाे शुक्रबार प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उद्घघाटन गरेका छन्  ।

खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे अमला, अलैची, सिस्नु, छुर्पी, अकबरे, माछा, मासुकाे, परिकार, अचार लगायतका खाद्य प्रदार्थ आदिका स्टलहरु राखिएका छन् । मेलामा इलामकाे श्री अन्तु हाेमस्टेबाट उत्पादित खाद्य प्रदार्थदेखि जुम्लाका बस्तुहरु समेत आकर्षण बनेका छन्  ।

नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाकाे मुख्य आयोजक रहेका छन् । परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथ आयोजना भएको खाद्य मेलामा खाद्य मेलामा करिव ६० वटा स्टल रहेका छन् । मेलामा नि:शुल्क स्टल तथा प्रवेशकाे व्यवस्था गरिएको छ ।

मेलामा तुलसी पराजुली, रामा मण्डल, सुनिता कटुवाल, नितिन गजुरेल लगायतका कलाकारहरुको सहभागितामा विविध मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रम समेत राखिएको आयाेजकले बताएकाे छ । सुन्दरहरैचामा पहिलाे पटक भएको खाद्य मेलाबाट स्थानीयहरु समेत अहिले हर्षित भएका छन् ।