२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

केराबारी गाउँपालिका कार्यलयमा शक्तिशाली बम बिष्फोट, लेखा शाखाको छेउमै क्षति

Author Uttari Morang
शुक्रबार, माघ १०, २०७६
केराबारी गाउँपालिका कार्यलयमा शक्तिशाली बम बिष्फोट, लेखा शाखाको छेउमै क्षति

माेरङकाे केराबारी गाउँपालिका कार्यलयमा शुक्रबार राति शक्तिशाली  बम विस्फाेट भएकाे छ ।

राती ९ बजेर ३५ मिनेटमा एक्कासी ठुलो आवाज आएपछि केराबारी बजार र आसपास नै आतंकित भएको थियो । बम पड्केको जस्तो ठुलो आवाज आएपछि सुत्न लागेका केराबारीका बासिन्दाहरु कहाँ के भयो भन्दै सोधखोज गर्नतिर लागेका थिए । केहीबेरपछि मात्र गाउँपालिकाकाे कार्यालयमा बम पड्केको थाहा भएको थियो ।

गाउँपालिकाको सिकुवामा राखिएको कुकर बम विस्फाेटबाट कार्यालयकाे सिकुवामा रहेको गेट नजिकै रहेको झ्यालकाे सिसा फुटेको छ भने पर्खाल समेत भत्किएकाे छ । बिष्फोटबाट गाउँपालिकाको जेनेरेटरमा समेत क्षति भएको छ ।

त्यसैगरी बम बिस्फोटस्थल गाँउपालिकादेखि केही मिटरको दुरीमा रहेको बर्षा चोकमा समेत शंकास्पद सुतली बम फेला परेको छ ।  नेपाली सेनाको डिस्पोजल टोलीले सो बम डिस्पोजल गरेको बताइएको छ ।

बिष्फोट लगत्तै इलाका प्रहरी कार्यालय केराबारी र बेलबारीको प्रहरी घटनास्थल पुगेको थियो । घटनाकाे जिम्मेवारूी कस‌ैले लिएको छैन तर नेकपा माओवादी (बिप्लव ) ले बम पड्काएको अनुमान गरिएको छ ।