२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी जेसिसकाे एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न

Author Uttari Morang
शनिबार, माघ ११, २०७६
बेलबारी जेसिसकाे एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न

शैक्षिक पेसालाई प्रभावकारी बनाउने अभिप्रायका साथ बेलबारी जेसिसले एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न गरेकाे छ ।

बेलबारी २ लालभित्तीमा रहेका शिक्षा सन्देश ई स्कुलमा संचालन उक्त कार्यशालाकाे उद्घाटन नेपाल जेसिसका ईभिपि विजय गुरुङले गरेका थिए ।

उक्त कार्यक्रममा नगरकार्यपालिका सदश्य खीना थापा, नेपाल जेसिसका भिपि कृष्ण सापकाेटा, नेपाल जुनियर जेसिसका अध्यक्ष अाराेग्य श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ बेलबारीका अध्यक्ष गाेविन्द बस्नेत, शिक्षा सन्देश ई स्कुलका अध्यक्ष लक्ष्मणजङणग बस्नेत लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रमुख अतिथि नेपाल जेसिसका ईभिपि विजय गुरुङले जेसिसकाे उद्देश्यबारेमा बताउँदै बेलबारी जेसिसले गरेकाे कामकाे खुलेर प्रशंसा गरेका थिए ।

साे अवसरमा बेलबारी नगरकार्यपालिका सदश्य खिना बस्नेत, शिक्षक महासङ्घ बेलबारीका अध्यक्ष गाेविन्द बस्नेत, नेपाल जेसिसका भिपि कृष्ण सापकाेटा लगायतकाे सहभागिता रहेकाे थियाे । उक्त एकदिने तालिमकाे सहजिकरण प्रशिक्षक बासुदेव दाहालले गरेकाे थिए ।

बेलबारी जेसिसका वर्ष २०२० का अध्यक्ष राजेश खत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने महासचिव भूवन कार्की रहेकाे थियाे ।