२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बिद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउँदै शिक्षा सन्देश

Author Uttari Morang
बुधबार, माघ १५, २०७६
बिद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउँदै शिक्षा सन्देश

मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलले  ब्यबहारिक शिक्षाको ज्ञान दिलाउन बिद्यार्थीहरुलाई दुना टपरी बुन्न सिकाएको छ ।

बिद्यालयले आफना बिद्यार्थीहरुलाई सालको पातबाट दुना टपरी गाँस्न सिकाएको हो ।  विद्यालयले किताव मात्र घोकाउने होइन, व्यवहारिक ज्ञान समेत दिन्छ भन्ने सन्देश दिँदै नेपालीहरुका बिभिन्न चाडपर्व र धार्मिक कार्यहरुमा दुना टपरी अनिबार्य प्रयोग  हुुुने दुना टपरी बनाउन सिकाइएको बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।

बिद्यालयको आयोजनामा माघ १५ र १६ गते २ दिने बाल साहित्य महोत्सब समेत आयोजना गरेको छ ।