२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

युवाहरूलाई जागरुक बनाउने उद्देश्यले बेलबारी जेसिसले गर्यो प्रशिक्षण कार्यक्रम

Author Uttari Morang
बुधबार, माघ १५, २०७६
युवाहरूलाई जागरुक बनाउने उद्देश्यले बेलबारी जेसिसले गर्यो प्रशिक्षण कार्यक्रम

बेलबारी, माेरङ/ युवाहरुलाई देशप्रेम जगाउँदै जागरुक बनाउने उद्देश्यले बेलबारी जेसिसले बिचार गोष्ठी तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

उद्याेग वाणिज्य सङ्घ बेलबारीकाे सभाहलमा मंगलबार भएकाे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिईन् ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष श्यामसुन्दर मिलन, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जेसिससँग सधैँ सहकार्य गरेर अगाडि वढ्न नगरपालिका तयार रहेकाे वताईन् ।

विचार गाेष्ठीकाे सहजिकरण नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष श्यामसुन्दर पाैडेल र नेपाल जेसिस एरिया १ का तालिम संयाेजक जेसी सेवक बजगाई र बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले गरेका थिए ।

युवाकाे एकताले मात्र देशकाे विकास सम्भव हुने हुनाले आफूहरुले युवालाई लक्षित गरेर याे कार्यक्रम आयाेजना गरेकाे कार्यक्रमका सभापति एवम् बेलबारी जेसिस वर्ष २०२० का अध्यक्ष राजेश खत्रीकाे बताए ।