२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

दुर्व्यसनी रहित समाज बनाउने उद्देश्यले गछियामा हुनेभो ‘भ्वाइस लाइभ कन्सर्ट’

Author Uttari Morang
बुधबार, माघ १५, २०७६
दुर्व्यसनी रहित समाज बनाउने उद्देश्यले गछियामा हुनेभो ‘भ्वाइस लाइभ कन्सर्ट’

दुर्व्यसनी रहित समाज निर्माणमा सहयोग गर्ने उद्देश्यले सुन्दरहरैचा एकता युवा क्लबको आयोजनामा “भ्वाइस लाइभ कन्सर्ट २०२०” हुने भएको छ ।

‘लागु औषध दुर्व्यसनी विरुद्ध नो ड्रक्स’ भन्ने मूल नाराका साथ माघ २० गते साङ्गीतिक कार्यक्रम हुने भएको हो । सुन्दरहरैचा वाड नं.४ कार्यालयको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा सो जानकारी  दिइएको छ ।

‘भ्वाइस लाइभ कन्सर्ट २०२०’ मा सम्पन्न ‘द भ्वाइस अफ नेपाल सिजन २’ का विजेता राम लिम्बु र त्यसै सिजनका टप टेन प्रतियोगीहरूले प्रस्तुति दिनेछन् । कार्यक्रममा सनिस श्रेष्ठ, विकास लिम्बु, अरिफ राउफ, अन्जु राना मगर र यङ्की यल्मो तथा  स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

कार्यक्रम सुन्दरहरैचा ७ स्थित गछिया खेल मैदानमा हुनेछ । शैक्षिक संस्थाहरूमा पनि लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम गर्ने क्लबको योजना रहेको क्लबका अध्यक्ष सुमन राईले राईले बताए ।