२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

शिक्षा सन्देशमा शुरुभो वाल साहित्य महोत्सव, विद्यार्थीका कला, सीप र क्षमता प्रदर्शन

Author Uttari Morang
बुधबार, माघ १५, २०७६
शिक्षा सन्देशमा शुरुभो वाल साहित्य महोत्सव, विद्यार्थीका कला, सीप र क्षमता प्रदर्शन

मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलमा  आयोजना भएको दुुईदिने  बाल साहित्य महोत्सव शुरु भएको छ ।

महोत्सबको पहिलो दिन बिहिबार विद्यार्थीहरुले विभिन्न कला कौशल प्रदर्शन गरेका छन् । महोत्सवको पहिलो दिन विद्यार्थीहरुलेे कविता बाचन, कथा लेखन, वादबिवाद, अन्तरक्रिया, साहित्य सम्बन्धि बिभिन्न दृश्य प्रर्दशन, नाटक प्रदर्शन जस्ता  क्रियाकलापमा सहभागी भएका छन् । महोत्सवमा विद्यार्थीले तयार पारेका चित्रकला तथा बिभिन्न सामग्रीहरुको प्रर्दशनी गरिएको छ ।

त्यसैगरी बिद्यालयमा बिद्यार्थीले बनाएका खानेकुराहरु समेत प्रदर्शनीमा राखिएको छ । घरमै खानेकुराहरु पकाएर टिफिन ल्याउन् भन्ने उदेश्यका साथ विद्यार्थीले तयार गरेका खानेकुराहरुको स्टल नै बनाएर राखिएको बिद्यालयका प्रिन्सीपल खत्रीले बताए ।
बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई ब्यबहारिक ज्ञान दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मणजंग थापाले बताए ।

महोत्सवको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले उदघाटन गरेकी छिन्  । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मणजंग  थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यक्रम संयोजक केशु बिरहीले सञ्चालन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाह, वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतम, प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, साहित्यकारहरु भरत गुरागाई, अमृत आचार्य, उमनाथ भट्टराई, देवान किराती, तीला लेकाली, ईरान राई, सोनु जयन्ती, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधि, पत्रकार र अभिभावकहरुको उपस्थिति थियोे ।

डिजिटल प्राविधिको पनि उद्घाटन 

वाल महोत्सव कार्यक्रमकै अबसर पारेर विद्यालयले पठनपाठनमा अपनाउने  डिजिटल प्रबिधिको उद्घाटन भएको छ ।

कार्यक्रमकी अतिथि बेलबारी नगरपालिकाकी उप प्रमुख ढाकाकुमारी पराजुलीले बिद्यालयमा डिजिटल प्रबिधिको उदघाटन गरेकी छिन्  ।