२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

भब्य भो शिक्षा सन्देशको बाल साहित्य महोत्सव, सबैको आकर्षण बन्यो दुनाटपरी र डोको बुन्ने तालिम

Author Uttari Morang
शुक्रबार, माघ १७, २०७६
भब्य भो शिक्षा सन्देशको बाल साहित्य महोत्सव, सबैको आकर्षण बन्यो दुनाटपरी र डोको बुन्ने तालिम

मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलको आयोजनामा भएको दुई दिने बाल साहित्य महोत्सवमा बिद्यार्थीहरुलाई डोको बुन्ने, सालको पातका दुुुना टपरी गांँस्ने जस्ता सीप सिकाउने कार्यक्रम आकर्षणको केन्द्र बने ।

सरस्वती पुजाको अबसर पारेर विद्यालयले बुधबार र बिहीबार गरेको महोत्सवमा केही मौलिक कार्यक्रमले विद्यार्थी, अभिभावक लगायत सबैको मन लोभ्यायो । बाल साहित्य महोत्सवमा पुस्तक प्रर्दशनीले पनि धेरैको ध्यान तान्न सफल भएको छ । प्रर्दशनीमा हजारौँ बाल पुस्तकहरु राखिएका थिए । महोत्सवमा बिद्यार्थीहरु उत्साहित देखिन्थे भने अभिभावक समेत दंग बनेका थिए ।

महोत्सवमा कविता बाचन,कथा लेखन, वादबिवाद, अन्तरक्रिया, साहित्य सम्बन्धि बिभिन्न दृश्य प्रर्दशनी, नाटक प्रर्दशन, चित्रकला, बालबालिकाले तयार पारेका बिभिन्न सामाग्रीहरु तथा खानेकुराहरुको प्रर्दशनी, बिद्यार्थीले तयार पारेका खानेकुराको प्रर्दशनी, चर्चित साहित्यकारहरुसँग बिद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका बिबिध कार्यक्रम राखिएका थिए  ।

पहिलो दिनको कार्यक्रम बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले उदघाटन गरेकी थिईन् । उनले बालबालिका सँग अन्तरक्रिया समेत गरेकी थिईन् ।  त्यसदिन श्रष्टाहरुसँग अन्तरक्रिया, कविता प्रतियोगिता जस्ता कार्यक्रम भएका थिए ।

महोत्सवको दोस्रो दिन श्रष्टाहरुसँग अन्तरक्रिया, वादविवाद प्रतियोगिता, पठन संस्कृतिबारे अन्तरक्रिया र पुरस्कार वितरण जस्ता कार्यक्रम गरिएको थियो । दोस्रो दिन विद्यार्थीले सुुुुुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख नरप्रसाद भण्डारीसँग पठन पाठन र बद्री भिखारीसँग वालसाहित्य बारे अन्तरक्रिया गरेका थिए । दोस्रो दिनको कार्यक्रम बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले उद्घाटन गरेका थिए ।

बाल साहित्य महोत्सब बिद्यालयमा मात्र नभएर उत्तरी मोरङमै  पहिलोपटक आयोजना गरिएको विद्यालयले जनाएको छ  । बिद्यार्थीहरुको सर्बाङिगण बिकासका लागि बाल साहित्य महोत्सव आयोजना गरिएको र महोत्सव भब्य रूपमा सफल भएको  बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।

महोत्सव अबधिभर पुस्तक प्रदर्शनी तथा विद्यार्थीले तयार गरेका सामग्री, खानेकुरा र पेन्टिङ तथा ड्रइङहरु पनि प्रदर्सन गरिएको थियो । महोत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरसम्मका श्रष्टाहरुको समेत उपस्थिति थियो ।