२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

अक्षयकोष बनाउन भिरगाउँको स्कुललाई एकैजनाले एक लाख दिएपछि नगरपालिकाले थप्यो दुई लाख 

Author Uttari Morang
शुक्रबार, माघ १७, २०७६
अक्षयकोष बनाउन भिरगाउँको स्कुललाई एकैजनाले एक लाख दिएपछि नगरपालिकाले थप्यो दुई लाख 

ईश्वर थापा, धनकुटा । धनकुटा नगरपालिका २ भीरगाँउस्थित मार्गेश्वरी प्राथमिक विद्यालयमा स्थानीय खगेन्द्र प्रसाद निरौलाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

भीरगाउँमा जन्मेर निजामती क्षेत्रमा कार्यरत निरौलाले विद्यालयमा अध्ययनरत जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त अक्षयकोष स्थापना गरेका हुन। उक्त विद्यालयका संस्थापक रहेका पिता स्व चिन्तामणी निरौलाको स्मृतिमा निरौलाले विद्यालयको २४ औँं वार्षिकोत्सवको अवसर पारी उक्त अक्षयकोष रकमको चेक विद्यालयका प्रधानाध्यापक तेजबहादुर दाहाललाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले  अक्षयकोषमा धनकुटा नगरपालिकाले २ लाख रकम दिने घोषणा गरे । उनले  शिक्षा र स्वास्थ्यमा नगरपालिकाले लगानी वृद्धि गरी गरीबीको रेखामुनी रहेका परिवारका बालबालिकाको उचित शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेे तयारीमा रहेको बताए ।

अक्षयकोषदाता निरौलाले गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताउँदै गाउँमा धेरै दुखले स्थापना भएको विद्यालयमा केही सहयोग पुगोस् भनेर अक्षयकोष स्थापना गरेको बताए।

कार्यक्रममा विद्यालयका संस्थापक तथा जग्गादाता तेजबहादुर लुंगेलीले विद्यालयका २६ जना बालबालिकालाई स्वीटर वितरण गरेका थिए।