२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

बी एफएमको १४ औं  बार्षिकोत्सवमा आयोजित खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न

Author Uttari Morang
आइतबार, माघ १९, २०७६
बी एफएमको १४ औं  बार्षिकोत्सवमा आयोजित खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न

विराटनगरस्थित वी एफएमको १४ औं बार्षिकोत्सवको अवसरमा  आयोजना गरिएको खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न  भएको छ ।

प्रतियोगिताको लागि मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, पाँचथर, ईलाम, सिन्धुली, भोजपुर, धनकुटा र सप्तरी आदि जिल्लाका गजलकारहरुले विभिन्न भावका असंख्य गजलहरु पठाएका थिए । छनौटमा जम्मा २० वटा गजल परेको र उक्त छनौटमा परेका २० वटा गजललाई प्रतियोगितामा समावेश गरिएको थियो ।
समाबेश भएका गजलहरुलाइ वाचनको वाचनशैली, सिर्जनाको स्तर, समसामयीकता र सिर्जनाको मुख्य भाव आदि पक्षलाई आधार बनाइ अंक दिइएको थियो ।

गजल प्रतियोगितामा विराटनगरका प्रिन्स प्रमोदकुमार ढकाल प्रथम भएका छन् । छैठौं संस्करणको खुल्ला गजल प्रतियोगितामा १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै ढकाल प्रथम भएका हुन्  । ढकालले ट्रफी, प्रमाणपत्र सहित नगद ५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन्  ।  ‘मरेका छन् जनता अक्सर महंगीको मारले’ बोलको ढकालको गजल प्रथम भएको हो । गजल प्रतियोगितामा तेर्हथुमकी गजलकार लक्ष्मी आचार्यको गजल दोश्रो भयो । उनको  ‘छिमेकीले फुर्ती लाउँछ समुन्द्रमा नुन भेटिन्छ’ बोलको गजल दोश्रो भएको थियो । उनले ट्रफी, प्रमाणपत्र सहित नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

गजल प्रतियोगितामा मोरङ बेलबारीका हिमाशुं राय र लक्ष्मी रायमाझी तेश्रो भएका छन् । उनीहरुले जनही १ हजार ५ सय नगद , प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन्  ।

प्रतियोगितामा देशभरबाट प्राप्त ७६ वटा गजलमध्येबाट उत्कृष्ट २० वटा गजल छनौट गरिएको थियो । विजेताहरुलाई प्रमुख अतिथि  प्रहरी नायव महानिरीक्षक (डिआईजी) ठाकुरप्रसाद ज्ञवाली, ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) का केन्द्रिय अध्यक्ष चन्द्र नेउपाने, वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र विरण गर्नुभएको थियो ।

कार्यक्रममा अतिथी साहित्यकारहरुले पनि  साहित्यिक सिर्जनाहरु प्रस्तुत गरेका थिए । नेपाली गीत संगितमा लामो समयदेखि क्रियाशिल रहि नेपाली,भोजपुरी, मैथिली आदि भाषामा झण्डै हजार भन्दा बढी गीत गाईसकेका विराटनगर निवासी कलाकार स्रष्टा रामा मण्डल र नेपाली साहित्य लेखन क्षेत्रमा महत्वपुर्ण योगदान दिद‌ै आईरहनु भएका वरिष्ठ साहित्यकार कविराज पोख्रेललाइ दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरिएको छ ।