दुई अर्बको लागतमा नौ तले अत्याधुनिक भवन बनाउँदै नोबेल मेडिकल कलेज
Uttari Morang
विद्यार्थीहरुको अध्ययन,अध्यापनलाई थप सहज बनाउने उद्धेश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले दुई अर्बको लागतमा मेेेडिकल कलेजको सुुुुबिधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।
बिराटनगर स्थित कलेज परिषरभित्र निर्माण हुने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायतका सुविधा हुनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ । आगामी दुई बर्ष भित्र सो भवन निर्माण सम्पन्न हुने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।
नौ तला भएको सो भवन २ लाख २४ हजार स्क्वायरफिटको हुनेछ । नयाँ स्तरीय भवन निर्माण हुने भएपछि विद्यार्थीहरुलाई अध्ययनका लागि थप सहजता मिल्ने अस्पतालले जनाएको छ ।
नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।
नोबेलमा ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ पनि निर्माण भइरहेको छ । स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक वातावरणका हिसावले प्रतिष्ठित बन्दै गएको नोबेलले अरबौंको लगानी थपेर स्तरीयता बढाउँदै लगेको छ ।




