२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

क्यान्सरपिडित रमाको लागि उपचार खर्च जुटाउँदै श्रमिक महिला समूह, एक लाखभन्दा बढी संकलन

Author Uttari Morang
सोमबार, माघ २७, २०७६
क्यान्सरपिडित रमाको लागि उपचार खर्च जुटाउँदै श्रमिक महिला समूह, एक लाखभन्दा बढी संकलन

महिलाहरुकाे हकहितका लागि स्थापना भई महिलाको हक हित र  सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि एक लाखभन्दा बढी रकम जुटाएको छ ।

२०७५ सालमा स्थापना भई पछिल्लाे समयमा एकपछि अर्काे गर्दै समाज सेवामा आफूलाई सक्रिय बनाउदै गएको संस्थाले रमाको उपचारका लागि सो सहयोग जुटाएको हो । स्थापनाकाे छाेटाे समयमै मानवीय सेवामा समेत आफ्ना पाईला अगाडि वढाईरहेकाे यो संस्था हाल बेलबारीकी क्यान्सर पिडित महिलाको उपचारका लागि जुटिरहेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ की ३२ वर्षीय रमा श्रेष्ठ विगत लामाे समयदेखि फाेक्साेकाे क्यान्सरबाट पिडित छिन् । १४ वर्षीय छाेरा र २ वर्षीय छाेरी गरी दुई सन्तानकी आमा समेत रहेकी श्रेष्ठका श्रीमान राेजगारीका सिलसिलामा विदेश गएका छन् भने उनी हाल माईतीमा बस्दै आएकी छिन् । कमजाेर आर्थिक अवस्था भएकी विरामी श्रेष्ठलाई बचाउन आफूहरु लागिरहेकाे श्रमिक महिला संंघकी अध्यक्ष नीतु थापाले बताईन् ।

श्रेष्ठको उपचारका लागि सहयोग जुटाउने क्रममा अहिले सम्ममा १ लाख जति उठिसकेकाे र उठ्ने क्रम जारी रहेकाे अध्यक्ष थापाले वताईन् । जम्मा भएकाे रकम चाडै पिडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे श्रमिक महिला समूहले जनाएको छ ।

संस्थाले यसअघि जाडाेले झट्पटाई रहेका बालबालिकाहरुलाई न्यानाे कपडा तथा पाेशाक वितरण लगायत विभिन्न मानवीय सेवा गरेर धेरैकाे मन जित्न सफल भइसकेको छ  ।