२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा

Author Uttari Morang
मंगलबार, फाल्गुण ०६, २०७६
बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा

बेलबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश सांसद राजकुमार ओझाको आतिथ्यतामा मंगलबार प्रतियोगिताको उद्घाटन भएको हो ।

सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए  । सो अबसरमा नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले परेड प्रदर्शन समेत गरेका थिए  ।

लक्ष्मी खेल मैदान लक्ष्मीमार्गको मैदानमा सुरु भएको प्रतियोगितामा बेलबारी नगरपालिकाका सरकारी तथा निजी गरी २७ वटा विद्यालयहरुको सहभागिता छ ।

बेलबारी ११ लक्ष्मीमार्गमा अबस्थित लक्ष्मी माध्यमिक बिधालयद्वारा आयोजित प्रतियोगितामा महिला तथा पुरुषका छुट्टाछुट्टै भलिबल, फुटबल, कपर्दी, एथलेटिक्स अन्तर्गत सय मिटर, दुई सय मिटर, चार सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर महिला पुरुष दौड संचालन भइरहेको नगरपालिकाका शिक्षा शाखाका प्रमुख भुपेन्द्र प्रसाद कोइरालाले बताए ।
यस्तै महिला र पुरुषका छुट्टाछुट्टै रिले दौड, सटपुट, ज्याबिलङ थ्रो, लङजम्प, त्रिफलजम्प र हाइजम्प प्रतियोगिता भइरहेको उनले बताए ।

बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख प्रदीप शाह, शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइराला, उधोग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदी, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकी, प्याब्सन बेलबारीका अध्यक्ष भुपाल बस्नेत लगायतको उपस्थित थियो ।