२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी केराबारीमा शुरुभो उद्यमशिलता तालिम

Author Uttari Morang
बुधबार, फाल्गुण ०७, २०७६
बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी केराबारीमा शुरुभो उद्यमशिलता तालिम

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी मोरङ केराबारीमा ‘उद्यमशिलता विकास तथा वित्तीय साक्षरता’ बिषयक सातदिने तालिम शुरु भएको छ ।

युवा तथा खेलकूद मन्त्रालयको अन्तरगतको राष्ट्रिय युवा परिषद  र केराबारी गाउँपालिकाको आयोजना तथा रिट्रनी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको व्यवस्थापनमा सो तालिम भएको हो । सहभागी युवाहरूलाई अर्जुनप्रसाद भट्टराई र देवेन्द्र न्यौपानेले प्रशिक्षण दिनेछन्  ।

तालिममा केराबारी गाउँपालिकाका ९ वटा वडाका युवाहरू  तथा रिट्रनी माइग्रेन्ट नेपालका जिल्लाबाट आएका प्रतिनिधि समेत गरी ४० जना प्रशिक्षार्थीहरु सहभागी छन्  । तालिममा ब्यबशाय तथा उद्यमशिलताको ज्ञान दिइनुका साथै सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी समेेत गराइनेे आयोजकले जनाएका छन्  ।

केराबारीस्थित हिमचुली सामुदायिक बनको सभा हलमा फागुन ६ गते शुरु भएको तालिम फागुन १२ गतेसम्म संचालन हुनेछ । केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले तालिमको उद्घाटन गरेका छन् ।

रिट्रनी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेश अध्यक्ष गोकुलबहादुर थापाले संचालन गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा परिषदका उप सचिव श्री केवलीराम अधिकारी, केराबारी गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १० का वडा अध्यक्ष जंगराज खवास, वडा नम्बर १ का वडाध्यक्ष चन्द्रसिंह लिम्बू, रिट्रनी माइग्रेन्ट नेपाल केन्द्रिय सचिव  उत्तम श्रेष्ठ सेन लगायतको उपस्थिति थियो ।