२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

मोरङमा पुष्पलाल स्मृति स्पोट्स क्लब गठन

Author Uttari Morang
मंगलबार, फाल्गुण १३, २०७६
मोरङमा पुष्पलाल स्मृति स्पोट्स क्लब गठन

मोरङमा पुष्पलाल स्मृति स्पोटस क्लब गठन गरीएको छ ।

पुर्वाञ्चल खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष रविन नगरकोटि अध्यक्षतामा ३४ सदस्य कमिटी गठन गरीएको हो । क्लबको उपाध्यक्षमा राजन प्रसाई, सचिवमा सुजय गौतम, सह–सचिवमा भुवन खतिवडा र कोषाध्यक्षमा उमेश श्रेष्ठ रहेका छन् ।

खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि कल्वको गठन गरीएको नव निर्वाचित सचिब गौतमले बताए । पुष्पलाल स्मृति स्पोट्स क्लबलाई  एकेडेमिका रुपमा विकास गरी खेलकुद क्षेत्रको विकास गर्ने लक्ष्य लिएर अगाडि बढेका खेलकुदका क्षेत्रमा विगत लामो समय देखी निरन्तर खट्ने खेलक्षेत्रमा योगदान दिनेहरुलाई समेटेर कल्बको गठन गरीएको उनले  बताए ।

नेकपाका केन्द्रिय अध्यक्ष महेश रेग्मीको प्रमुख आतिथ्यतामा उक्त समिति गठन गरीएको हो । प्रदेश १ मै पहिलो पटक मोरङमा यो  क्लब गठन गरीएको हो ।