२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

ब्राउन सुगरसहित सुन्दरहरैंचाबाट चार जना लागु औसध कारोबारी पक्राउ

Author Uttari Morang
मंगलबार, फाल्गुण १३, २०७६
ब्राउन सुगरसहित सुन्दरहरैंचाबाट चार जना लागु औसध कारोबारी पक्राउ

इलाका प्रहरी कार्यालय बेलवारीले लागुऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्राम सहित चार जनालाई पक्राउ गरेको छ ।

सुन्दरहरैचा–५ हेदम्बा टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नर बहादुरको कोठा खानतलासी गर्दा गत फागुन ८ गते उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा ३० वर्षीय नर बहादुर दर्जी , २५ वर्षीय आशिष ढकाल , केराबारी ६ डाँगी बस्ने २० वर्षीय आशिष मगर र २३ वर्षीय रुपेश तामाङ रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।