२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

हराएका चार मोटरसाइकल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले, चोर्ने तीनजना पक्राउ

Author Uttari Morang
बुधबार, फाल्गुण १४, २०७६
हराएका चार मोटरसाइकल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले, चोर्ने तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय बेलवारीले हराएका चारवटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मङ्सिर १९ गते राती लेटाङका प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको २२० सिसीको मोटरसाइकल हराएको थियो । त्यस्तै गत ८ गते बेलवारी–१ स्थित दिनेश खङकाको को ३५ प ११९२ नम्बरको मोटरसाइकल , माघ २७ गते सुन्दरहरैचा–४ चरीगुवा स्थित बाबुराम कार्कीको को १३ प ९४१२ नम्बरको मोटरसाइकल , लेटाङ स्थित प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको मोटरसाइकल हराएको थियो । मङगलबार गरिएको पत्रकार सम्मेलनमा सो मोटरसाइकल हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले ती मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

पत्रकार सम्मेलन गर्दै मोटरसाइकल चोरीमा संलग्न बेलवारी–३ बस्ने सुरज विक, सुन्दरहरैचा–४ बस्ने अमिर मोदी र उत्तम चौधरीलाई प्रहरीले सार्वजनिक गरिएको छ ।

त्यसैगरी गत ७ गते बेलवारी–३ स्थित बेवारिसे अवस्थामा रहेको इन्जिन न. JZYRJJ50547 र चेसिस नं. MD2B44BY5JPJO3991 भएको १२५ सिसीको डिस्कोभर मोटरसाइकल फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।