२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि

Author Uttari Morang
बिहिबार, फाल्गुण २२, २०७६
जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि
आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज)  गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन्  ।
द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को पनि प्रस्तुति तथा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य प्रदर्शन रहेको आयोजकले जनाएको छ ।
 हिजो पाचौ दिन बुधबार गायिका तृष्णा गुरुङको प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनका दिएको थियो । आदिबासी जनजाति महासंघ बेलबारीको आयोजनामा फागुन १७ गतेदेेखि शुरु भएको  महोत्सव फागुन २४ गतेसम्म चल्नेछ ।