२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

धनकुटाको एक माविमा एउटा जातिका मात्रै विद्यार्थी, ८० जना छात्र छात्रालाई स्कुल ब्याग बितरण

Author Uttari Morang
सोमबार, फाल्गुण २६, २०७६
धनकुटाको एक माविमा एउटा जातिका मात्रै विद्यार्थी, ८० जना छात्र छात्रालाई स्कुल ब्याग बितरण

ईश्वर थापा, धनकुटा । निजी विद्यालयतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला नेवा मिसा दबु र सौन्दर्य कला व्यवसायी संघ धनकुटाले देउराली मावि धनकुटा ८ मा अध्ययनरत ८० जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।

११० औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थीलाई झोला वितरण गरिएको नेवा मिसा खल धनकुटाकी अध्यक्ष रेण श्रेष्ठले जानकारी दिइन् । गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको मुहार फेरिने भएकाले आफ्ना बालबालिकाहरुको पढाईमा विषेश ध्यान दिन अभिभावक र शिक्षकलाई उनले आग्रह गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामबहादुर बस्नेतले आठपहरिया मात्रै भएको विद्यालयमा निकै ठूलो सहयोग आएको आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिका ८ का वडाध्यक्ष सुमन राई, सौन्दर्य कला व्यवसायी संघ धनकुटाकी अध्यक्ष किरण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सुजता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।