२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

सुन्दरहरैंचामा सम्पन्न भो नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी एकहप्ते तालिम

Author Uttari Morang
बिहिबार, फाल्गुण २९, २०७६
सुन्दरहरैंचामा सम्पन्न भो नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी एकहप्ते तालिम

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजको आयोजनामा फागुन २० गतेदेखि सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको हो ।

सात दिनसम्म सञ्चालन भएको तालिमको  गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर इटहरीका प्रवन्ध निर्देशक तथा पत्रकार रेवती निरौलाले संयोजन गरेका थिए ।  तालिममा पत्रकार हिमाल दाहाल, कलालय इटहरीका नाट्यकर्मी सोनु जयन्ती, सप्तकोशी एफएमकी सीमा बस्नेत र पूर्वाञ्चल व्रिटिस एजुकेशन इटहरीका म्यानेजिङ डाइरेक्टर नरेन्द्र दंगालले सहजिकरण गरेेका थिए ।

तालिमको समापन कार्यक्रममा तालिममा सहभागि सबैलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले प्रमाणपत्र वितरण गरे ।  तालिमको समापन मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष होमनाथ पोखरेलले ७ दिने नेतृत्व विकास तथा उद्घोषण तालिमले सहभागीहरुलाई बोल्न मात्र नसिकाएर आफ्नो लक्ष्य निर्धारण गर्न समेत सिकाएको बताए ।

समापन कार्यक्रममा तालिममा सहभागी तीसजना मध्ये आधा दर्जन बढीले समेत आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले सुरुमा अगाडी आएर केही पनि बोल्न नसक्ने अवस्थामा रहेकोमा तालिम लिएपछि आफूहरुमा आत्मविश्वास पलाएको भन्दै तालिम सञ्चालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिएका थिए ।