सनराइज बैंक र लिबर्टी कलेजको सहकार्यमा धनकुटामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Uttari Morang
सनराइज बैंक धनकुटा शाखाको आयोजना तथा लिबर्टी कलेजको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरुको उपस्थिती रहेको सो कार्यक्रममा बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारीहरु प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा कलेजका विद्यार्थी चन्द्र राय तथा विद्या लिम्बुले सनराईज बैंकको यस कार्यक्रमले बैंक सम्बन्धि धरै जानकारीहरु प्राप्त भएको तथा सनराईज बैंकको स्वास्थ्य विमा र मिस कल बैंकिङ धेरै नै मन परेको प्रतिकृया दिए।
नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता ः सबै नेपालीको बैंक खाता ’ अभियानलाई निरन्तरता दिदैं, सन्राइज बैंकले यस वित्तिय साक्षारता कार्यक्रम संचालन गरेको तथा यस्तो कार्यक्रमलाई धनकुटाका अन्य क्षेत्रमा पनि निरन्तरता दिइने सनराईज बैंक धनकुटा शाखाका प्रमुख दिनेश शर्मा अधिकारीले जानकारी दिए।
कलेजका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको समन्वय कलेजका प्रिन्सीपल हिम सागर कार्कीले गरेका थिए । कार्यक्रमको संचालन सनराईज बैंक धनकुटा शाखाका कर्मचारी विवेक सुवेदीले गरेका थिए।




