२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

धनुषाका दुई यूवालाई कोरोना भाईरसको संक्रमण, बिहारमा उपचार हुँदै

Author Uttari Morang
शनिबार, चैत्र ०१, २०७६
धनुषाका दुई यूवालाई कोरोना भाईरसको संक्रमण, बिहारमा उपचार हुँदै

धनुषाका दुई यूवामा कोरोना भाईरस संक्रमण रहेको पाईएको छ ।

धनुषाको खजुरी महुवा, नेपालका शिवकुमार र राजन पासवानलाई चेकजांचको क्रममा कोरोना संक्रमण देखिएपछि भारत बिहार मधुबनी स्थित सदर अस्प्तालमा राखिएको छ ।

दुबै जना भारतको अहमदावादबाट नेपाल अऐइरहेको बेला जयनगरमा चेकजांच गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

जिल्ला प्रशाशन, मधुवनीका अनुसार कोरोना भाईरसको संदिग्ध पाईएको छ । दुबै संदिग्धलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

शिव कुमार र राजन पासवान अहमदाबाद बाट धनुषा आउने क्रममा एकदमै बिरामी भएका हुन । कोरोना पीड़ित भएको लक्षण देखिएपछि उनीहरुको परिवारजनलाई जानकारी गराईएको छ ।

दुबै जनाको स्वास्थ्य परिक्षणको लागि सैंपल लिईएको छ । बिरामीलाई कडा निगरानी मा राखिएको छ । उनीहरुको थप रिपोर्ट आउन अझै १४ दिन लाग्ने उपचारमा संलग्न चिकित्सकले बताए । – खोज केन्द्रबाट