बेलबारी नगरपालिकाले गर्यो बाली शिविर, तिन सय जना भन्दा वढी कृषकहरु लाभान्वित
Uttari Morang
कृषकले लगाएको वालीमा देखिएको समस्या समाधान गर्ने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले आयोजना गरेको वाली शिबिरमा तिन सय जना भन्दा वढी कृषकले सेवा लिएका छन् ।
दुई दिनसम्म चलेको शिबिरमा मकै वालिमा देखिएको फैजी किरा, तरकारी अन्य फलफुलमा देखिएको लाइ तथा विभिन्न रोगहरुको उपचार गर्न सिकाइएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए ।
एक वडा एक उत्पादनको निाति लिएको नगरपालिकाले कृर्षीमा देखिएका विभिन्न रोगहरुको निवारण गर्ने उदेश्य अनुरुप कार्यक्रम गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । कृषक तथा कृषि क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नका लागि दुई दिने वाली शिविरको आयोजना गरीएको उनले बताए ।
शिबिरवाट कृषकहरुले समेत राहत भएको बताएका छन् । बेलबारी ८ र २ नम्बरमा शिबिर संचालन भएको थियो । शिबिरमा बिज्ञहरुलाइ वोलाएर कृषकका समस्याहरुके समाधान गरिएको थियो ।




