२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

मेयर कपका बिजेता खेलाडीलाई जनही पाँच हजार सहित बेलबारी नगरपालिकाले गर्यो सम्मान

Author Uttari Morang
बिहिबार, चैत्र ०६, २०७६
मेयर कपका बिजेता खेलाडीलाई जनही पाँच हजार सहित बेलबारी नगरपालिकाले गर्यो सम्मान

मोरङको सुनबर्षी मेयर कप फुटवल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई बेलबारी नगरपालिकाले सम्मान गरेको छ ।

बिहिवारको कार्यपालिकाको वैठकमै खेलाडीहरुलाई नगद ५ हजार तथा अविर र खादा लगाएर नगरपालिकाले सम्मान गरेको हो । खेलाडीलाई हौसला प्रदान गर्न सम्मान गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

मगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य गोलले पराजित गर्दै बेलबारी बिजयी भएको थियो ।  बिजेता बेलबारीले १ लाख २१ हजार र उपविजेता कानेपोखरीले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका थिए ।