२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

कोरोनाको प्रकोपविरुद्ध पुर्वतयारी गर्दै बेलबारी नगरपालिका, १५ बेडको आइसोलेशन वार्ड तयार

Author Uttari Morang
शनिबार, चैत्र ०८, २०७६
कोरोनाको प्रकोपविरुद्ध पुर्वतयारी गर्दै बेलबारी नगरपालिका, १५ बेडको आइसोलेशन वार्ड तयार

विश्वभरी नै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर बेलबारी नगरपालिकाले नगपालिका भित्रै १५ बेडको अस्थायी आइसोलेशन वार्ड तयार गरेको छ ।

बिहिबार बसेको कार्यपालिकाको वैठकको निर्णय बमोजिम नगरपालिकाले कोरोनाका शंकास्पद बिरामीको उपचार तथा हेरचाहका लागि आइसोलेसन वार्ड तयार गरेको हो ।

आइसोलेसन वार्ड बेलबारी नगरपालिकाको नव निर्मित भवनमा तयार गरिएको छ । बेलबारी नगरपालिकाको स्वस्थ्य शाखाले तयार गरेको आइसोलेसन वार्डमा हाल १५ वटा बेडहरु राखिएका छन् । आवश्यक परेमा थप ब्यबस्था गरिने स्वास्थ्य शाखाका सन्तोष बिकले बताए । वार्डमा हाल आधा दर्जनभन्दा  वढी स्वास्थयकर्मी खटाइएको छ । कोरोनाबारे टोल टोलमा सचेतना सम्बन्धी कार्यक्रम गरीने मेेेयर ज्ञानेन्द्र सुवेदीले  बताए ।

आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान तथा अन्य असपतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए ।