प्रदेश सांसद ओझाद्वारा बेलबारी नगर क्षेत्रमा संचालन भइरहेका योजनाहरुको अनुगमन
Uttari Morang
प्रदेश सांसद राजकुमार ओझाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत बेलबारी नगरभित्र संचालन भईरहेका विकास निर्माण कार्यको स्थलगत अनुगमन तथा चेकजाँच गरेका छन् ।
बेलबारी नगरपालिकास्थित डाँगिहाट बजारमा नव निर्मित दुर्गा मन्दिरको शिलान्यास पश्चात् ओझाले त्यस क्षेत्रमा सांसद विकास कोष र प्रदेश सरकारको बजेट मार्फत धमाधम चलिरहेका विभिन्न बिकास निर्माण योजनाका कार्यको शुक्रबार अनुगमन गरेका हुन् ।
आफ्नो क्षेत्रको बिकासका लागि सक्रिय सांसद ओझाले स्थानीय अगुवाहरुको समूहमा दुधा खोलाको तटबन्धन, थारु कल्याणकारीणी सांस्कृतिक भवन, आदिवासी तथा जनजाति भवन, कबिर मठ लगायतका विभिन्न योजनाको अवलोकन गरेका छन् ।
काम राम्रो ढङ्गले सन्चालन भइरहेको र केही काम सम्पन्न भईसकेको देख्दा आफू सन्तुष्ट भएको ओझाले बताए । भइरहेका कामको गुणस्तर र दिगोपनमा विशेष ध्यान दिन उनले सबैलाई आग्रह गरे ।
सांसद ओझाले अनुगमन सँगसगै जनताका समस्या र आवश्यकताहरु पनि नजिकबाट नियालेका छन् । उनले विभिन्न पिछडा समुदायको घर गाउँमा पुगेर उनले समस्याबारे जानकारी समेत लिएका छन् ।




