२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बिपन्न परिवारलाई बेलबारी ११ नेकपाले बाँड्यो राहत, वडा कार्यालय र स्थानीयबासीको सहयोग

Author Uttari Morang
शुक्रबार, चैत्र १४, २०७६
बिपन्न परिवारलाई बेलबारी ११ नेकपाले बाँड्यो राहत, वडा कार्यालय र स्थानीयबासीको सहयोग

नेकपा बेलवारी-११ नं वडा संगठन कमिटीले बेलवारी नपा वडा नं ११ को बिशेष सहयोग एवम्  स्थानीय ब्यबशायी र समाजसेवीहरूकाे समेत सहयाेगमा काेराेना भाइरस विरुद्ध  सचेतनामुलक कार्यक्रम सहित अति बिपन्न वर्गका ७१ परिवारलाई राहत वितरण गरेको छ ।

बेलवारी वडा नं ११ का बासिन्दाले घरमै बसेर खान पाउन् र वाहिर रासनकाे लागि मजदुरी गर्न जानू नपरोस् भनेर ७१ परिवारलाई बिहीबार राहत वितरण गरिएको हो । बिपन्नले चामल, तेल र नुन पाएका छन् ।  प्रति परिवार ५ केजी चामल, १ लिटर तेल, १ केजी दाल र १ केजी नुन वितरण गरिएको नेकपा वडा कमिटीलेे जनाएको छ ।

राहतका लागि बेलबारी नगरपालिका ११ वडा कार्यालयले २५ हजार सहयोग गरेको थियो । वडाध्यक्ष यम बहादुर पोख्रेल (राजन) हाल काठमाडौंमा रहेकोले उनले राहत बितरणको जिम्मा वडा पार्टीलाई दिएको बताइएको छ । राहतका लागि  कृष्ण श्रेष्ठले १ सय केजी चामल सहयोग गरेका छन् । त्यसैगरी  कमल लिम्बु, सुजय गाैतम, अजित अधिकारी, राजेश बस्नेत, तेज ब. खत्री, रामचन्द्र घिमिरे, प्रेम कु. कार्की, दिल प्रसाद राई, गाेविन्द भण्डारी, राजन पाेख्रेल, रविन घिमिरे, ढाका कुमारी पराजुली (तारा), मन्दिरा केसी खत्री, रमेश घिमिरे, टफिन बाबु श्रेष्ठ, हाम्राे बहुमुखी कृर्षि फार्म एण्ड प्राेडक्सन सेन्टर र हर्क देवानले ५० केजीका दरले चामल सहयोग गरेका छन् ।

त्यस्तै हिमाल गुरूङबाट २५ केजी दाल र ५० केजी चामल
रामकाजी गुरूङ र पवित्रा गुरूङ (हाल भेडेटार) बाट २० लिटर तेल र ५० केजी चामल, जगत बस्नेतबाट २० लिटर सुर्यमुखी तेल, शिव प्रसाद काफ्लेबाट २५ केजी दाल,  शिव कुमार राईबाट १० लिटर सुर्यमुखी तेल, दिपेन्द्र अमात्यबाट ५० केजी आयाेडिन नुन, डिल्ली प्रसाद घिमिरेबााट २५ केजी दाल, चन्द्र ब. लिम्बु पाराघरेबााट  १० लिटर सुर्यमुखी तेल सहयोग प्राप्त भएको नेकपा वडा कमिटीले जनाएको छ ।