२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

श्रमिक एवम् अति विपन्न बर्गलाई सयपत्री मल्टिपर्पोज कम्पनीले शुरु गर्यो राहत वितरण अभियान

Author Uttari Morang
शुक्रबार, चैत्र १४, २०७६
श्रमिक एवम् अति विपन्न बर्गलाई सयपत्री मल्टिपर्पोज कम्पनीले शुरु गर्यो राहत वितरण अभियान

लकडाउनमा दैनिक मजदुरी गरि खाने श्रमिक एवम् अति विपन्न वर्गका परिवारका कुनै पनि सदस्य भोकभोकै नपरुन् भन्ने उद्धेश्यले बेलबारीमा रहेको सयपत्री मल्टि प्रपोज कम्पनी प्रालिले मानविय सेवा अन्र्तगत राहत प्याकेज वितरण अभियान थालेको छ ।

बेलबारीका युवा व्यवसायी माधवराज थापा लगायतको सो कम्पनीले  ५० घर परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा गरेकोमा बेलबारी नगरपालिका वडा नम्बर १, २ र ३ का  ४४ परिवारलाई राहत प्याकेज वितरण गरेको छ । थापाका अनुसार आजसम्म ४४ घर परिवारलाई राहत सामाग्री वितरण गरिसकिएको छ ।

घोषणा गरिए अनुसार बाँकी ६ परिवारलाई पनि सामाग्री वितरण गरिने छ ।  राहत सामाग्रीको प्याकेजमा प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र एक थान साबुन रहेका छन्  । राहत पाउनेमा २८ घर परिवार मुसहर र बाँकी अन्य जाति समूहका रहेका छन् ।

राहत पाउनेमा एकल महिला, बृद्धा, अशक्तहरु, सुत्केरी र आफन्त गुमाएको अति गरिब परिवार  छन् । बेलबारी १ नक्सलबारीकी एकल महिला बिष्णु माया खड्कालाई पनि राहत सामाग्री वितरण गरिएको छ ।  सन २०१७ मा जेसिजको अगुवाईमा उनको  घर निर्माण गरिएको थियो । उनका एकमात्र छोरालाई पनि जेसिजले पठनपाठन गराउँदै आएको छ ।

त्यसैगरी सयपत्री मल्टी पर्पोज कम्पनीले दैनिक उपभोग्य वस्तु, तथा सावुन ,मास्क र ग्लोव्स पनि वितरण गरेको छ  । बेलबारी १ का मुसहर परिवारलाई पनि सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि खाध्यान्नको समस्या भएका मुसहर परिवारले वाहिर निस्कनु नपरोस भनेर सहयोग गरेको कम्पनीका प्रवन्ध निर्देशक थापाले बताए ।