२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार

Author Uttari Morang
शनिबार, चैत्र १५, २०७६
बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार

लामो समयदेखि बेलबारी ११ को लक्ष्मीमार्गमा भिख मागेर जीवन गुजार्दै आएका र सडकपेटी अनि धर्मशालातिर बस्दै आइरहेका एक वृद्धलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको अगुवाईमा उद्वार गरिएको छ ।

बिहीबार स्थानीय बासिन्दाको समेत पहलमा ती वृद्धको उद्वार गरिएको हो । सत्तरी बर्ष नाघेका जस्ता देखिने वृद्धको नाम खुलेको छैन । स्थानीय बासिन्दाका अनुसार ती वृद्ध बिगत ५० बर्षदेखि लक्ष्मीमार्गमा बस्दै आएका थिए ।

उपमेयर पराजुलीको नेतृत्वमा कोरोनाको महामारी विरुद्ध अभियानका क्रममा मास्क लगाएर गएको एक टोलीले लक्ष्मीमार्गस्थित एक फलैँचामा बसिरहेका वृद्धको उद्वार गरेको हो । ती वृद्धलाई मानवसेवा आश्रम विराटनगरमा पुर्याएर राखिएको छ ।

उनलाई कोरोना परिक्षण तथा उपचारका लागि बेलबारीबासीलाइ निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेको बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको एम्बुलेन्सले बिराटनगर पुर्याएको छ ।

उपमेयर पराजुलीले लकडाउन भएर सबैलाई घर बस्न आग्रह गरिरहँदा रोगको जोखिम पनि घट्ने र उद्वार पनि हुने भएकोले स्थानीयबासिन्दाको सहयोगमा घर नै नभएका वृद्धको उद्वार गरिएको बताइन् ।