२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

१० हजार विपन्नलाई ८० लाख बराबरको खाध्य सामग्री बाँड्दै इटहरी उपमहानगरपालिका

Author Uttari Morang
मंगलबार, चैत्र १८, २०७६
१० हजार विपन्नलाई ८० लाख बराबरको खाध्य सामग्री बाँड्दै इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकहरुका लागि राहत वितरण गर्न वडाहरुमा खादयसमाग्री पठाउन थालेको छ ।

वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा सम्बन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत तथा खध्य  सामग्री पठाइएको नगर प्रमुख द्धारिकलाल चौधरीले वताए । कोरोना लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एकहप्तालाई पुग्ने राहत वितरण थालिएको चौधरीले वताए ।

आइतबार वडा नम्वर १ र १७ को मुसहर वस्तिका विपन्न नागरिकलाई खादय समाग्री वितरण सुरु गरिएको थियो । इटहरी उपमहानगरले प्रत्येक वडामा चार चार लाख वरावरको राहत वितरण गर्ने निर्णय गरे अनुसार राहत वितरण थालिएको हो ।

वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गरिने छ । वडाहरुले विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वडावासी नागरिकको लगत संकलन गरिसकेका छन् । वडा वडामा वितरणका लागि प्याकेजिडका कार्य सकेपछि  ब्यवस्थित तरिकाले राहत वितरण गरिने छ ।

यसैबिच इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ । नेपाल वैक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक ब्यक्ति तथा संघ सस्थाहरुलाई उपमहानगरले आग्रह गरेको हो ।