२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी

Author Uttari Morang
बुधबार, चैत्र १९, २०७६
इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी

इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँसम्ममा वेच्ने गरेको पाइएको छ ।

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको हो । वजारमा दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वढाइएको गुनासो आएपछि इटहरी उपमहानगरद्धारा   मंगलबार पनि वजार अनुगमन गरिएको थियो  ।

उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार होलसेल सब्जि ब्यापारीले भन्दा खुद्रा ब्यापारीले वढी मूल्य वढाएको पाइएको छ । मंगलबार खुद्रा र होलसेल गरी १० वटा पसलको अनुगमन गरिएको थियो  ।

खुद्रा पसलेहरुले होलसेलवाटै महङगो आएको वताएका थिए । उता होलसेल पसलेहरुले त्यस्तो महङगो नगरेको जनाएका थिए  । वजार अनुगमनका होलसेल पसलवाट खरिद गरेको विल र विक्री गरेको मूल्य समेत जुधाएर हेरिएको उपमेयर गौतमले वताइन् ।

एउटा विल देखाएर अन्यन्त्रवाट सस्तोमा ल्याएको सब्जि समेत वेच्ने गरेको पाइएको छ । खाध्यान्न वाहेकका पसल गर्नेहरुले पनि सब्जि वेच्ने गरेको भेटिएको छ । मंगलबार खवरदारी र सचेत गराइएको छ उपमेयर गौतमले भनिन् अव त्यस्तो गरेको पाइए कानुन वमोजिम कारवाही हुनेछ ।

लक डाउनपछि हिजो पहिलो पटक अनुगमन गरिएको थियो । वजार अनुगमन जारी राखिने उपमेयर गौतमले जानकारी दिएकी छिन् ।