२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बिरामी लिनै मान्दैनन् अस्पताल, समयमै उपचार नपाउँदा धनकुटाकी नरदेवीको मृत्यु

Author Uttari Morang
बुधबार, चैत्र १९, २०७६
बिरामी लिनै मान्दैनन् अस्पताल, समयमै उपचार नपाउँदा धनकुटाकी नरदेवीको मृत्यु

विराटनगरका अस्पतालले बिरामी लिन नमानेका कारण समयमै  उपचार नपाएर धनकुटाकी एक महिलाको मृत्यु भएको छ ।

कोरोनाको लक्षण हुनसक्ने आशंकामा अस्पतालले बिरामी लिन अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई शुरुमा परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए । तर बीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरेको थियोे ।

छोरी लक्ष्मी गुरुङ राईका अनुसार १०२ डिग्री ज्वरो आएकोले नरदेेेेवीलाइ न्युरोमा पनि चिकित्सकले उपचार गर्न मानेनन् । त्यसपछि विराट नर्सिङ होम लगियो । लक्ष्मीका अनुसार ज्वरो धेरै रहेको भन्दै कोरोनाको आशंकमा चिकित्सकले त्यहाँ पनि उपचार गर्न मानेनन् । त्यसपछि नोबेल अस्पताल पुर्याइयो ।  त्यहाँ उपचारका लागिभर्ना त गरियो तर उपचारका क्रममा दिउँसो लगभग ३ः३० बजेतिर नरदेवीको मृत्यु भयो ।

‘नरदेवीका दाजु समेत रहेका वडा अध्यक्ष शिवकुमारले सर्वसाधारणको उपचार अस्वीकार गर्ने अस्पतालको गैरजिम्मेवारीपना र गम्भीर लापरबाहीका कारण बहिनी गुमाउनु परेको गुनासो गरे । उनले विश्वभर फैलिएको कोरोनाको आशंकामा उपचार गराउनबाट अस्पताल नै पन्छिएपछि समस्या भएको बताए ।
चिकित्सकहरुले उपचार गराउँदा धेरै जोखिम बहन गरिरहनु परेको गुनासो गरेका छन् ।