२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

राहत कोषमा बेलबारी नगरपालिकाले छुट्यायो १५ लाख, एकद्धार प्रणाली नमाने राहत सामग्री खोस्ने चेतावनी

Author Uttari Morang
बिहिबार, चैत्र २०, २०७६
राहत कोषमा बेलबारी नगरपालिकाले छुट्यायो १५ लाख, एकद्धार प्रणाली नमाने राहत सामग्री खोस्ने चेतावनी

बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको बिपत ब्यबस्थापक कोषको स्थापना गरेको छ ।

बुधवार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले उक्त निर्णय गरेको हो ।

बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको खाता न. १०१२५६९८०८ मा स्थानिय राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्याबसायि,वित्तिय संघसंस्थाहरु ,समुह तथा ब्यक्तिहरुलाई राहत वितरणका लागि रकम जम्मा गरी सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ ।

राहत कोषमा सहयोग गर्नेहरुको नााम बेलबारी नगरपालिकाको वेबसाइट, सामाजिक संजाल तथा संचार माध्यमहरुमा प्रकाशन तथा प्रसारण समेत गर्ने नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिकका संयोजक प्रदिप साहले बताए ।

यस्तै उक्त बैठकले एकद्धार प्रणाली भन्दा वाहिर गई राहत वितरण गर्ने कार्य गरेमा स्थानिय जनप्रतिनिधि र सुरक्षा निकायबाट समन्वय गरेर त्यस्ता राहत सामग्री जफत गर्ने समेत निर्णय समेत गरेको छ ।

राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढकिलो सम्मद र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जनासम्मको परिवारलाई १५ किलो तथा त्यसभन्दा वढीको परिवारलाई २५ किलोको दरले राहत दिने समितिका संयोजक तथा नगरपालिकाका मेयर सुवेदीले बताए ।

यसैगरी नगरपालिकाले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण वडा समन्वय समिति समेत गठन गरीएको छ । वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो ।
यसअघि नै नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक तथा नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरवासीलाई भोकै बस्न नदिने घोषणा गरिसकेका छन् ।