२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

इटहरीमा वाइफाई र सीसी क्यामेरा सहितको क्वारेण्टाइन

Author Uttari Morang
बिहिबार, चैत्र २०, २०७६
इटहरीमा वाइफाई र सीसी क्यामेरा सहितको क्वारेण्टाइन

इटहरी उपमहानगरले जनता क्यामपस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सिसीक्यामेरा सहित सवै मापदण्ड पूरा भएको हुने भएको छ । क्वारेण्टाइनको हिजो सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गर्नुभयो । इटहरीका नगरप्रमुख,उपप्रमुख समेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिसी क्यामेरा जडान पछि सवै मापदण्ड पूरा भएको हुने जनाउनुभयो । नगरप्रमुख द्धारिकलाल चौधरीले सिसी क्यामेरा तत्काल जडान गर्न उपमहानगरका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । जनता क्यामपस इटहरीमा १सय २ वेडको क्वारेण्टाइन निर्माण गरिएको छ ।