२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा पाँच सहकारीले दिने भए झण्डै डेढ लाख

Author Uttari Morang
बिहिबार, चैत्र २०, २०७६
बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा पाँच सहकारीले दिने भए झण्डै डेढ लाख

बेलबारी नगरपालिकाका नाममा एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको बिपत ब्यबस्थापन कोषमा बेलबारीका पाँच सहकारीले जम्मा १ लाख ३६ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

सहयोगको घोषणा गर्ने सहकारीहरुमा लागीगुराँस साकोस, साना किसान सहकारी, पाैरखी साकोस,  जनप्रेमी साकोस तथा दिपज्याेती साकाेस छन् ।

लालीगुराँस साकोसका अध्यक्ष दुर्गा गौतमका अनुसार लालिगुराँसले ५१ हजार सहयोग गर्ने भएको छ । त्यसैगरी साना किसान सहकारी, पाैरखी साकोस र जनप्रेमी साकोसले २५ हजारका दरले र दिपज्याेती साकाेसले १० गरी हजार गरी राहत काेषमा रु १,३६,००० जम्मा हुने भएको छ । कोषमा बेलबारी साना किसान सहकारी संस्थाले बिहीबार २५ हजार रुपैयांँ जम्मा गरिसकेको सहकारीका ब्यबस्थापक बाबुुुराम खड्काले  बताए ।

बिहिबार कोषमा साना किसान सहकारी र नगरपालिकाका दुई कर्मचारीसमेतबाट ५५ हजार ५ सय रुपैयांँ बैंक खातामा जम्मा भएको छ ।

कोषमा बेलबारी साना किसान सहकारी संस्थाले २५ हजार रुपैयां, बेलबारी नगरपालिकका कर्मचारी मदन रायमाझीले एक महिना बराबरको तलब २८ हजार र नगरपालिकाकै अर्का कर्मचारी निर्मल रिजालले दुई हजार पाँचसय रुपैयांँ जम्मा गरेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् । बिहिबार नै बसेको कार्यपालिकाको वैठकले छैठौ तह वा सोभन्दा माथिका कर्मचारीको हकमा खाइपाइ आएको १५ दिनको तलब र छैठोतह भन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय गरेको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए ।नगरपालिकाले यसअघि नै बिपद ब्यबस्थापन कोषमा १५ लाख जम्मा गरीसकेको छ ।

नगरपालिकाले एनएमवी बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा सहयोग जम्मा गर्न राजनितिक दल, गैर सरकारी संघ संस्था, निर्माण ब्याबसायी, वित्तिय संघ संस्था, समुह तथा ब्यक्तिहरुलाई आग्रह गरेको छ ।