प्याब्सन सुन्दरहरैंचाद्वारा पाँच लाख १५ हजार नगद र झण्डै १३ हजार केजी चामल सहयोग
Uttari Morang
निजी तथा आबाशीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाले कोरोनाको महामारीबााट उत्पन्न विपतको लागि पाँच लाख रुपैयाँभन्दा बढी नगद तथा झण्डै १३ हजार केजी चामल सहयोग गरेको छ ।
सुन्दरहरैँचा क्षेत्र भरका संस्थागत बिद्यालयहरुबाट जम्मा भएको सहयोग ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ रहेकोे छ । साथै प्याब्सन मार्फत नै १२ हजार ८ सय ८८ केजी चामल खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
प्याब्सन सुन्दरहरैंचाले सोमबार एक कार्यक्रमबिच सुन्दरहरैंचा नगरपालिकाकी उप प्रमुख धनमाया तामाङ मार्फत नगद र चामल समेत हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा प्याब्सन सुन्दरहरैंचाका पदाधिकारी लगायत प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतको समेत उपस्थिति थियो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै सो नगद र रासन सहयोग गरिएको प्याब्सन सुन्दरहरैंचाले जनाएको छ ।




