२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

मोरङमा ‘प्रहरीकाे साथी म’ कार्यक्रम संचालनमा, बेलबारीका ११ वडामै समितिहरु गठन

Author Uttari Morang
सोमबार, बैशाख ०१, २०७७
मोरङमा ‘प्रहरीकाे साथी म’ कार्यक्रम संचालनमा, बेलबारीका ११ वडामै समितिहरु गठन

 बेलबारी, माेरङ/ काेराेनाले विश्वलाई नै आक्रान्त बनाईरहेकाे बेलामा काेराेना राेग तथा अन्य विपदकाे समयमा समेत सहयाेगी भूमिका निभाउने गरी बेलबारी नगरपालिकामा सामुदायिक साझेदारी अन्तरगत “प्रहरीकाे साथी म” कार्यक्रम संचालनमा आएकाे छ ।

आईतबार बेलबारी नगरपालिका -१, स्थित तमु बौद्ध गुम्बामा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले “प्रहरीकाे साथी म” लेखिएकाे टि सर्ट वितरण गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले ‘प्रहरीकाे साथी म’ कार्यक्रममा जाेडिएका युवाहरुलाई अनुशासित भएर काम गर्न आग्रह गरेका थिए ।

बेलबारीका ११ वडामा वडास्तरीय समिति वनेका छन् । नगरस्तरीय समितिमा प्रत्येक वडामा १० जनाका दरले ‘प्रहरीकाे साथी म’ गठन गरिएको छ । याे कार्यक्रम अन्तरगत मोरङका १७ वटै स्थानीयपालिकाबाट १६ सय जना युवा परिचालित हुने जिल्ला प्रहरी कार्यालयका एसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यलय मोरङका एसपी बिश्व अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भोलेन्टियर्सहरुलाई टिसर्ट, ग्लोब लगायतका सामाग्रीहरु समेत हस्तान्तरण समेत गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गुणराज वुढाथाेकीले जानकारी दिए ।

उता प्रहरीले नव गठित ‘प्रहरीकाे साथी म’ टाेलीकाे सामुदायिक साझेदारी अन्तरगत प्रकाेप तथा अपराध न्युनिकरणमा प्रभावकारी भूमिका रहने बताईरहँदा स्थानीय निर्बाचनमा मेयरको उम्मेदवार बनेका व्यक्ति तथा निर्वाचित वडाध्यक्ष समेत सहभागी भएपछि यसकाे प्रभावकारितामा भने प्रश्नचिन्ह खडा भएकाे छ ।