२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

इटहरी अस्पतालमा कोरोना भाइरसको आरडिटी टेस्ट सुरु, बिदेशबाट फर्केका सयजनाको परीक्षण

Author Uttari Morang
मंगलबार, बैशाख ०२, २०७७
इटहरी अस्पतालमा कोरोना भाइरसको आरडिटी टेस्ट सुरु, बिदेशबाट फर्केका सयजनाको परीक्षण

इटहरी अस्पतालमा कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरु गरिएको छ ।

इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट गरिदै छ । मंगलबार करिव सयजनाको परीक्षण गरिएकोमा  दिउंँसोसम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको छ ।

द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । परिक्षणले एण्टीबडी देखाए पोजेटिभ र देखाएन भने नेगेटिभ हुन्छ ।

हाम्रो शरीरमा कुनै भाइरस प्रबेश गरेपछि शरीरले त्यस्ता संक्रमणसँग लड्न प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्दछ । एण्टिबडीले जिते बिमारी भइदैन । तर भाइसरले जिते लक्षण देखिन थालेर विरामी परिन्छ । आरडिटि परीक्षणमा पोजेटिभ देखाए पिसिआर विधीले पून नमूना जाँच गरिन्छ । पिसिआर बिधीले नमूना जांच्दा ब्यक्तिमा भाइरसको संक्रमण भए नभएको पत्ता लाग्छ ।