२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

केराबारीमा पनि शुरु भो आरडिटी मार्फत कोरोनाको परिक्षण, ३७ जनाको जाँचमा भेटिएनन् बिरामी

Author Uttari Morang
शनिबार, बैशाख ०६, २०७७
केराबारीमा पनि शुरु भो आरडिटी मार्फत कोरोनाको परिक्षण, ३७ जनाको जाँचमा भेटिएनन् बिरामी

मोरङको केराबारी गाउँपालिकामा पनि र्यापिड डाइगोनिष्टीट टेष्ट आर डि टी मार्फत कोरोनाको परिक्षण गर्न थालिएको छ ।

बिहीबारदेखि केराबारीमा कोरोना परिक्षण गर्न थालिएकोमा पहिलो दिन २० जना र दोस्रो दिन शुक्रबार १७ जनाको आरडीटी प्रबिधी मार्फत कोरोना परिक्षण गरिएको छ।

पहिलो दिन ढेड महिना यता विभिन्न देशबाट नेपाल आएका केराबारीका विभिन्न २० जना युवायुवतीहरुमा आरडिटी मार्फत कोरोनाको परिक्षण गरिएको थियो । शुक्रबार थप १७  जनाको परिक्षण गरिएको छ ।

संघीय सरकारले प्रदेश सरकार मार्फत उपलब्ध गराएको ५० थान किटबाट पहिलो र दोस्रो दिन गरी ३७ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको केराबारी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।