२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल

Author Uttari Morang
आइतबार, बैशाख ०७, २०७७
लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल

मोरङको बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लाेकडाउनबाट प्रभावित विद्यार्थीकाे भविष्यलाई मध्यनजर गरेर अनलाईन मार्फत पठनपाठन शुरु गरेको छ ।

निकट भविष्यमै संचालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का बिद्यार्थीहरुलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसईईका विद्यार्थीका लागि दिउसाे २ वजेदेखि कक्षा संचालन गरिरहेकाे बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिएका छन् ।

प्रधानाध्यापक खत्रीले विद्यालयले अनलाईबाट हरेक दिन अलग अलग विषयकाे रुटिन बनाएर कक्षा सञ्चालन भैरहेकाे जानकारी दिए ।

लकडाउनका कारण विद्यालय लामाे समयदेखि वन्दरहेकाे कारणले विद्यार्थीहरुको भविश्यलाई समेत मध्यनजर गर्दै अनलाई कक्षा शुरु गरेको बिद्यालयका काउन्सिलर भूपाल बस्नेत बताउँछन ।

कोरोना रोगको महामारीका कारण नेपालमा २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण सबै विद्यालयहरु बन्द रहेको अबस्थामा नगरपालिकामै पहिलाे पटक अनलाईन मार्फत कक्षा शुरु गरेको दावी गरेकाे शिक्षा सन्देशले ११ र एसईई मात्र नभएर अन्य कक्षा पनि अनलाईनमार्फत संचालन गर्ने तयारीमा रहेकाे बताएकाे छ ।

बेलबारीमा लकडाउनका कारण कतिपय विद्यालयका वार्षिक परीक्षा भएका छैनन भने कक्षा ५ र कक्षा ८ को परीक्षा समेत रोकिएको छ ।

साथै पछिल्लाे समयमा सुन्दरहरैंचा नगरपालिकामा रहेका सुकुना बहुमुखी क्याम्पस र शिद्धार्थ ई स्कुलले समेत अनलाईनमार्फत कक्षा संचालन गर्दै अाएका छन् ।