२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

जन्मदिनको अबसरमा बेलबारी नपाको राहत कोषमा ३ सय केजी चामल सहयोग

Author Uttari Morang
शुक्रबार, बैशाख १२, २०७७
जन्मदिनको अबसरमा बेलबारी नपाको राहत कोषमा ३ सय केजी चामल सहयोग

बेलबारी नगरपालिकाको बिपत ब्यबस्थापन  कोषमा विभिन्न पार्टी, संघ संस्था तथा ब्यक्तिहरुबाट सहयोग थपिने क्रम जारी छ ।

पछिल्लोपटक बेलबारीका समाजसेवी डिपि राइले छोरा र नातिको जन्म उत्सवको अबसरमा कोषका लागि ३ सय किलो चामल, २० किलो दाल, २० किलो नुन र २० डल्ला साबुन हस्तान्तरण गरेका छन । छोरा सरोज याम्फु राई र नाति अभिकको जन्म उत्सवको अबसरमा  सहयोग गरेको राइले जनाएका छन ।

यसैगरी समाजवादी पार्टी नगर समिति बेलबारीले ७ सय ७५ केजी चामल प्रदान गरेको छ ।

लकडाउनको कारण भएको खाद्यान्नको अभावमा ज्याला मजदुरी गर्ने परिवारलाई भोको बस्नु पर्ने स्थिति नहोस् भनेर पार्टीले खाद्यान्न सहयोग गरेको नगर अध्यक्ष राई बताए ।

त्यस्तै बेलबारी नगरपालिकाकाे विपद व्यवस्गापन काेषमा प्रभु बैंक लिमिटेड बेलबारी शाखाले ४ सय २० केजी चामल प्रदान गरेको छ ।

सोमबार बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई प्रभु बैंक लिमिटेड बेलबारी शाखा प्रमुख जयकिसन श्रेष्ठले साे परिमाण वरावरकाे खाध्यान्न हस्तान्तरण गरेका हुन ।

कोरोना भाइरस कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर सरकारले लागु गरेको लकडाउनमा उत्पन्न भएको खाद्यान्नको अभावमा ज्याला मजदुरी गर्ने परिवारको लागि सहयाेग हाेस भनेर अाफ्नाे संस्थाले चामल प्रदान गरेको श्रेष्ठले बताएका छन् ।

बेलबारी नगरपालिकाकाे विपद व्यवस्गापन काेषमा हालसम्म ७२ लाख ४४ हजार ५ रुपैया र ७ हजार किलाेभन्दा बढी चामल, २ सय किलाेभन्दा बढी दाल र २ हजार ४ सय ६५ किलाे नुन जम्मा भएकाे छ । पहिलाे चरणम २९ सय ९१ परिवारलाई राहत दिईसकेकाे नगरपालिकाले जनाएकाे छ ।