२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउँदै बेलबारी नगरपालिका

Author Uttari Morang
बिहिबार, बैशाख ११, २०७७
घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउँदै बेलबारी नगरपालिका

केशु विरही, बेलबारी, मोरङ\कोरोना भाईरस (कोभिड –१९) का कारणले विश्व नै आक्रान्त भैरहेको र कोरोनाको संक्रमण फैलिन नदिन पुरै देश लकडाउनमा भएको बेला बेलबारी नगरपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन थालेको  छ ।

वैंक था वित्तीय संस्थाहरु बन्द रहँदा वृद्धवृद्धाहरुले राज्यले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन नपाइरहेका बेला बेलबारी नगरपालिकाले वृद्धवृद्धालाई घरघरमा सामाजिक सुरक्षाभत्ता पुर्याउन थालेको हो ।

लकडाउनका कारणले यातायात थप्प हुँदा बैंकमा गएर राज्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन नसक्ने अवस्थाका वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता नगरपालिकाले घरघरमा पुर्याउन थालेको हो ।

लकडाउनले गर्दा राज्यले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्ता समेत निकाल्न असमर्थ भैरहेको बेलामा वार्डले बैंकसँग सहकार्य गरेर वार्डभरिका वृद्धवृद्धा, अपाङ्ग तथा अशक्तहरुहरुलाई घरघरमा रकम पुर्याउन थालेको बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गौतम बताउछंँन ्।

अध्यक्ष गौतम वाडको खाता वाणिज्य बैंक बेलबारी शाखामा रहेकोले बैंकसँग सहकार्य गरेर वृद्धवृद्धाहरुका घरघरमा पुगेर उनीहरुलाई चेकमा साईन गराएको र बैकबाट पैसा झिकेर उनीहरुलाई घरघरमा पुर्याएको बताउंँछन् ।
११ वटा वाडामा विभाजित यस नगरपालिकामा हालसम्म वार्ड नं २ सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ४७४ जना महिला तथा २२४ पुरुष गरी जम्मा ६९८ रहेकाे छ ।

बेलबारी नगरपालिकाले मात्र यस्तो प्रकृतिको कार्यक्रमको सुरु गरेको हो । अन्य स्थानीले भने हालसम्म यस्ता प्रकृतिका कार्यक्रम ल्याउन सकेका छैनन् ।

यसरी भत्ता बाड्दा भिडभाड हुन्छ भनेर वाडा कार्यालयले सकेसम्म घरघरमा नभए पनि टोलविकास संस्थामा पुगेर सामाजिक दुरी समेत कायम गर्दै सामाजिक सुरक्षा भत्ता बाडिरहेको छ ।
वार्ड कार्यालयले संचालन गरेको यसकार्यलाई वाडवासीले भने एक असल अभिभावकले सम्पादन गर्ने कार्य वा भूमिकाको रुपमा लिएका छन् ।
यस्तो विषम परिस्थितिमा वार्ड कार्यालयले गरेको कार्य उदाहरणीय रहेका बेलबारी –२, लालभित्तीका स्थानीय समेत रहेका शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जङ्ग थापा बताउछन् ।

वृद्धवृद्धाहरु पनि नगरपालिकाले घर दैलामै भत्ता ल्याइदिँदा फुरुङ थिए । घरघरमै भत्ता ल्याइदिएकोमा वाड कार्यालयलाई धन्यवाद दिँदै अरु बेलबामा पनि यसरी नै घरघरमै भत्ता ल्याइदिन अनुरोध गर्दै थिए ।

अब सङ्घीय तथा प्रदेस सरकारको भर पर्नु पर्दैन, आफ्नै गाउँमा सरकार छ भन्ने अनुभूति दिलाउने बेलबारी नगरपालिकाको काम आफैमा उदाहरणीय र त्यतिकै अनुकरणीय पनि छ । अरु स्थानीयपालिकाहरुले पनि बेलबारी नगरपालिका वार्ड नं – २ लालभित्तीकाे अनुकरण गर्ने पाे हाे कि ?