२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

धनकुटामा उत्पादित तरकारी सहजै निर्यात भएपछि छिमेकी जिल्लाबासीले पाउन थाले ताजा सब्जी

Author Uttari Morang
शनिबार, बैशाख १३, २०७७
धनकुटामा उत्पादित तरकारी सहजै निर्यात भएपछि छिमेकी जिल्लाबासीले पाउन थाले ताजा सब्जी

धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु धनकुटा उद्योग बाणिज्य संघ र स्थानीय तहको समन्यममा छिमेकी जिल्लाहरुका बजारहरुमा सहज रुपमा निर्यात हुन थालेको छ ।

धनकुटामा उत्पादिन हरियो ताजा तकारीहरु लड डाउनको कारण वाहिर निर्यात हुन छोडेर कृषकहरुको बारीमा नै कुहिन थालेपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा, स्थानीय तहहरु र स्थानीय प्रशासनको सहयोगमा जिल्लाका बजार र वाहिरी जिल्लाहरुमा निर्यात हुन थालेको हो ।

लक डाउनका कारण तरकारी निर्यात गर्न समस्या भएपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा नगरपालिका, छथरजोरपाटी गाउपालिका लगायतका स्थानीय तहरुको सहयोगमा  प्रहरी प्रशासनको सहयोगमा धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु स्थानीय बजार र छिमिकी जिल्लाका बजारहरुमा सहज रुपमा निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
छिमेकी जिल्ला तथा नगर उद्योग बाणिज्य संघको समन्वय र त्यस क्षेत्रका तरकारी व्यापारीहरुको समन्वय तथा सब्जी मण्डप संचालकहरुसंग समन्वय गरी धनकुटामा उत्पादिन तरकारीहरु निर्यात हुन थालेकोपछि स्थानीय कृषकहरु लाभान्वित भएका छन् ।

विशेष गरी धनकुटाको छथरजोरपाटीको सिधुवा,जोरपाटी,परेवादिन र मूर्तिढुंगा, मारेककटहरे लगायतका क्षेत्रमा उत्पादिन तरकारीहरु धनकुटा जिल्लाको स्थानीय बजार धनकुटा, हिले, मुलघाट लगायतका विभिन्न बजारहरुमा र छिमेकी जिल्लाका धरान, इटहरी, इनरुवा, दमक,बिर्तामोड, विराटनगर र पश्चिम तर्फ विरगंञ्ज सम्मका बजाहरुमा सहज रुपमा निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।
धनकुटाको सिधुवा बजारबाट मात्र अहिले दैनिक १० देखि १५ गाडी ताजा हरियो तरकारी वाहिरी जिल्ला तर्फ निर्यात हुन थालेको  सिधुवा बहुदेश्यिय सहकारी संस्थाका व्यवस्थापक मगेन्द्र गुरुङले बताए ।

लक डाउनअघि दैनिक ५० भन्दा बढी गाडीहरुबाट तराईका विभिन्न जिल्लाहरुका साथै छिमेकी जिल्ला भारत, बंगादेशमा उक्त सहकारी संस्थाबाट निर्यात हुने गरेको गुरुङले बताए ।

त्यस्तै मोरङका तरकारी ब्यापारी अशोक ठाकुरले पनि एक दुई दिनयता धनकुटाबाट तरकारी निर्यात सहज भएपछि छिटो र ताजा सागसब्जी आउन थालेको बताए ।