२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

टाँडीमा हावा हुरीको पिरलो, गोठगाउँमै सर्नेभो टाँडीको क्वारेन्टाइन पनि

Author Uttari Morang
बिहिबार, बैशाख १८, २०७७
टाँडीमा हावा हुरीको पिरलो, गोठगाउँमै सर्नेभो टाँडीको क्वारेन्टाइन पनि

मोरङको मिक्लाजुङकाे टाँडीमा १ नम्बर प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइनलाई गोठगाउँमा सारिने भएको छ ।
टाँडीमा निर्माण गरिएकाे क्वारेन्टाइनमा हावाहुरीले क्षति पूर्याएपछि पूवाञ्चल विश्वविद्यालयको गोठगाउँ स्थीत भवनमा सार्न लागिएको हो ।
कोरोनाका संक्रमणको संकास्पद तथा विदेशबाट आएकाहरुलाई राख्नका लागि चैत ६ गते प्रदेश सरकारले क्वारेन्टाइन निर्माण गरेको थियो । क्वारेन्टाइन २ सय जना अटाउने क्षमताकाे छ ।
क्वारेन्टाइन सार्नका लागि प्रकृया सुरु भएको नेपाली सेनाको सूर्यदल गण थलाहा मोरङका गणपति रघुनाथ पौडेलले जानकारी दिए । ‘टाँडीमा एकडेढ महिनाका लागि भनेर अस्थायी टेण्ट राखेर स्थापना गरेका थियौं, फेरी हावापानीले पनि दुःख दियो ।’ उनले भने ‘स्थायी संरचनामा सार्न लागिएको हो ।’
क्वारेन्टाइन सार्नका लागि विश्वविद्यालयको भवनको सरसफाईको काम सुरु भएको छ । बढीमा ५ दिन भित्र टाँडीको क्वारेन्टाइनलाई स्तानान्तरण गरिसक्ने उनले बताए । टाँडी क्वारेन्टाइनमा हाल ८ जना बस्दैछन ।