सुन्दरहरैंचामा सामाजिक संघ संस्थाहरुले गरे रक्तदान कार्यक्रम, ६२ प्रिन्ट रगत संकलन
Uttari Morang
कोरोना भाइरसको त्रासमा लगाइएको लकडाउनका कारण रक्तदान रोकिएर रगत अभाव हुन थालेको बेला मोरङ सुदरहरैंंचामा भएको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमहरु हुन छोडेको अबस्थाम आवश्यक पर्ने विरामीहरुलाई रगत अभाव नहोस् र त्यसकै कारण कसैले ज्यान गुमाउनु नपरोस भनेर लायन्स क्लव अफ बाँसबारी, अमर ज्योति युवा क्लव , अमर ज्योति टोल विकास संस्था र बाँसबारी भजन समुहको सहकार्यमा को रक्तदान कार्यक्रम गरिएकोहो ।
कोरोना भाइरसको संत्रास फैलिरहेको समयमा रगत अभाव नहोस् र रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक लायन्स क्लव अफ बाँसबारीकी अध्यक्ष सञ्जु शिवाकोटीले वताइन् ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सुरक्षाकर्मीहरुले समेत रक्तदान गरेका थिए ।




