२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

तिर्नु नपर्नेभो बेलबारीबासीले एक महिनाको खानेपानी महशुल

Author Uttari Morang
शुक्रबार, बैशाख १९, २०७७
तिर्नु नपर्नेभो बेलबारीबासीले एक महिनाको खानेपानी महशुल

बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनको मारमा परेका आफ्ना उपभोक्तालाई  १ महिनाको न्युनतम महसुल छुट दिने भएको छ ।

संस्थाले २०७७ बैशाख महिनाको न्युनतम महसुल छुट गर्ने घोषणा गरेको हो । लकडाउनका कारण रोजगार, व्यापार व्यवसाय लगायतका आयआर्जनका काम गर्न नपाएका उपभोक्तालाई राहत दिने उद्देश्यले छुट दिने निर्णय गरेको संस्थाका अध्यक्ष महेन्द्र सुवेदी र सचिव अम्बरबहादुर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । छुट हुुने रकम करिब ३ लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

संस्थामा व्यक्तिगत तथा संस्थागत गरी १ हजार ६ सय ५० भन्दा धेरै उपभोक्ताहरुको न्युनतम शुल्क छुट गर्दा करिब ३ लाख रुपैयाँ बराबरको रकम छुट हुने संस्थाका अध्यक्ष महेन्द्र सुवेदीले जानकारी दिए ।

व्यक्तिगत तर्फको न्युनतम शुल्क १ सय ५० रुपैयाँ र संस्थागत न्युनतम शुल्क ३ सय रुपैयाँ रहेको छ । न्युनतम भन्दा माथि महसुल उठेको भएमा सो रकम भने उपभोक्ताले तिर्नुपर्नेछ ।

छुट घोषणा गर्न आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष मोहन गुरुङ, सचिव अम्बरवहादुर सुवेदी, कोषाध्यक्ष प्रताप थापा, सदस्यहरु रुक्मीणी धिमाल, भगवती श्रेष्ठ, माधव थापा, होम पिठाकोटे लगायत सहभागी थिए ।