२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी जेसीजको वृहत् रक्तदान कार्यक्रम सम्पन्न, दुई सय सात जनाले गरे रगत दान

Author Uttari Morang
आइतबार, बैशाख २१, २०७७
बेलबारी जेसीजको वृहत् रक्तदान कार्यक्रम सम्पन्न, दुई सय सात जनाले गरे रगत दान

बेलबारी, माेरङ / युवाहरुकाे नेतृत्व विकासका साथसाथै सामाजिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल बेलबारी जेसीजले वृहत् रक्तदान कार्यक्रम गरेको छ ।

 लकडाउनका कारणले उत्पन्न भएको रगतकाे अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको हो । आइतबार बेलबारी वाड नं. -३ स्थित सेन्चुरी बैंक अगाडि बिहान ७ बजेदेखि संचालन भएकाे रक्तदानमा दुई सय सात जनाले रगत दान गरेका छन् ।

लकडाउनको अबधिमा हुने रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्य रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताएका छन् । लकडाउनलाई असर नगर्ने गरी सामाजिक दुरी कायम गरेर नै रक्तदान कार्यक्रम गरिएको  बेलबारी जेसिसका महासचिव भूवन कार्कीले बताए ।

रक्तदान कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, नगर प्रवक्ता याेगेन्द्र सुवेदी, उद्याेग वाणिज्य संघ बेलबारीका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की लगायत समाजका लव्ध प्रतिष्ठित ब्यक्तिहरुकाे समेत सहभागिता  थियाे ।