२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

जनताको घरघरमा हरियाे तथा ताजा तरकारी पुर्याएर समाजसेवा गदै कर्जुनाका युवाहरु 

Author Uttari Morang
सोमबार, बैशाख २२, २०७७
जनताको घरघरमा हरियाे तथा ताजा तरकारी पुर्याएर समाजसेवा गदै कर्जुनाका युवाहरु 

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ विकृत राजनीतिका कारण युवाहरुमा समाजसेवाप्रति विकर्षण भैरहेकाे बेला मोरङको सुन्दरहरैंचा नगरपालिका -११, कर्जुनाका युवाहरु जनताको सेवामा क्रियाशील रहँदै समाजमा परिचित हुने काममा सक्रिय भएका छन् ।

सुन्दरहरैंचा -११, कर्जुनाका विनाेद भट्टराई, यादव पाैडेल, अनिल पाैड्याल, सागर लुईटेल लगायतका एकदर्जनजति युवाहरु लकडाउनको अबधिमा जनताको सेवा गर्दै समाजसेवामा क्रियाशिल भएका हुन् । विभिन्न पेसा व्यवसायमा सक्रिय यी युवाहरुको दैनिकी लकडाउनले वदलिदिएकाे छ । लकडाउनकाे समयलाई समाजसेवामा खर्चिरहेका उनीहरु बिहान सखारै उठ्छन, समूह बनाएर उनीहरु किसानका बारीमा पुग्छन र हरियाे तरकारी खरिद गर्छन् र प्याकेजिङमा लाग्छन् । यसरी प्याकेजिङ गरिरहँदा केही युवाहरु भने तरकारी लिएर घरघरमा पुगिसकेका हुन्छन् ।

सशुल्क रुपमा भए पनि आफूहरुले नाफामुखी नभई सेवामुखी भावले सुन्दरहरैंचा भरिका नागरिकलाई ताजा तथा हरियाे तरकारी पुर्याएकाे सुन्दरहरैंचा ११ कर्जुनाका विनाेद भट्टराई बताउँछन् ।

सुन्दरहरैंचा ११ कर्जुनाकै अर्का युवा यादव पाैडेल लकडाउनले आफूहरुलाई समाजसेवातर्फ लाग्न प्रेरित गरेकाे बताउछन् ।

आफूहरुलाई लाई समाजसेवामा लाग्न नगरपालिकाकाे पनि उत्तिकै हात रहेकाे उनीहरु बताउँछन् । नगरबासीका घरघरमा हरियाे ताजा तरकारी पुर्याउनका लागि भनेर नगरपालिकाले सवारीसाधन र त्यसवापद लाग्ने ईन्धनकाे समेत व्यवस्था गरिदिएकाे छ ।

स्थानीय कमल बहादुर लिम्बू यसरी घरघरमा ताजा तथा हरियाे तरकारी पाउँदा मख्ख छन। विपत्तिले युवाहरुलाई समाजसेवाकाे पाठ पढाएकाे उनकाे मत रहेकाे छ ।

यसरी घरघरमै आएकाे हरियाे तरकारी ताजा मात्र नभएर बजारभन्दा सस्ताे पनि भएकाे, यसले गृहिणीलाई झनै सहयाेग पुगेकाे कर्जुनाकी माया खड्काकाे मत रहेकाे छ ।

विकृत राजनीतिका कारणले युवाहरुकाे समाजससेवाप्रति विकर्षण भैरहेकाे परिप्रेक्षमा सुन्दरहरैंचा ११ कर्जुनाका यी युवाहरुबाट अरुले पनि धेरै कुरा सिक्नु जरुरी देखिन्छ ।