२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धनकुटाको चौविसेमा १ हजार १ सय १६ जनालाई राहत वितरण गरिँदै, २८ जना क्वारेनटाईनमा

Author Uttari Morang
बुधबार, बैशाख २४, २०७७
धनकुटाको चौविसेमा १ हजार १ सय १६ जनालाई राहत वितरण गरिँदै, २८ जना क्वारेनटाईनमा

महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस फैलन नदिन धनकुटाका चौविसे गाउपालिकाले जनस्तरमा विभिन्न जनचेतना अभियान संचालन गर्दै काठमाण्डौ लगायत विभिन्न जिल्लाहरुबाट गाउमा आएकालाई अनिवार्य क्वारेनटाईनमा राख्दै आएको छ ।

कोरोना भाईरस नियन्त्रण गर्नका लागी नेपाल सकारले लगाएको लक डाउनलाई पूर्ण रुपमा सफल बनाउदै धनकुटाको चौविसे गाउपालिकाले हेल्प डेक्स स्थापना, ३८ बेड सहितको क्वारेनटाई स्थापना गरी एक बच्चा सहित २८ जनालाई क्वारेनटाईनमा राखेको हो ।

जिल्ला बिपत ब्यबस्थापन समितिको बैठकले कोरोना भाईरस नियन्त्रणका लागि चौबीसे गाउँपालिकाले  उत्कृष्ठ कार्य गरिरहेको ठहर गरेको छ ।

काठमाण्डौ लगायत विभिन्न स्थानबाट आफ्नो घर धनकुटाको चौविसे गाउपालिका विभिन्न वडाहरुमा आएका १ बच्चा सहित २८ जनालाई गाउंँपालिकाले स्थापना गरेको क्वारेटनाईनमा राखिएको र उनीहरुको परिक्षण भैरहेकोचौविसे गाउंँपालिका अध्यक्ष खजिन्द्र्र राईले वताए । कोरोना भाईरसबाट बच्ने उपायको वारेमा जनस्तर सम्म जनचेतना अभिवृद्धी गर्ने कार्य समेत भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

अध्यक्ष राईको अनुसार चौविसे गाउपालिकाको राजारानी, बोधे,मौनावुधुक, कुरुलेतेनुपा र मुढेवासमा गरी २८ वटा वेड सहितको क्वारेनटाईन स्थापना गरिएकोमा राजारानीमा रहेकोे क्वारेन्टाइनमा १० जना र अन्य सवै स्थानमा गरी जम्मा २८ जनालाई क्वारेटनाईमा राखिएको छ ।

पांँचथर र मोरङको सिमानामा पर्ने चैविसे गाउंँपालिकाको वडा नं. १ को छ नं.बुधवारे बजारमा हेल्प डेक्स स्थापना गरी संचालन गरिएको गाउंँपालिकाका उपाध्यक्ष यज्ञ कुमारी रुचालले वताईन् । चौविसे गाउंँपालिकाका वडाहरुको सिफारिसमा खाद्यान्न लगायतका विभिन्न राहत समाग्रीहरु वितरण गर्न शुरु गरिएको र क्वारेटनाई बनाएका सवै स्थानमा गै अनुगमन गरिरहेको रुचालले बताइन् । चौविसे गाउंँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शसी राईले गाउंँपालिका भरी प्रथच चरणमा १ हजार १ सय १६ जनालाई राहत वितरण गरिने वताए ।

चौविसे गाउपालिका वडा नं. ७ मा १०४ जनालाई राहत वितरण गरिएको वडाध्यक्ष दुर्गा वहादुर सुवेदीले वताए ।